दाेहाेराे जिम्मेवारी नपाएपछि प्रभु साहले प्रदेश २ काे अध्यक्षबाट दिए राजीनामा
३ भदौ, काठमाडौँ । दाेहाेराे जिम्मेवारी नपाएपछि नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मङ्गलबार प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
साहले पार्टी एकीकरणका क्रममा भएको जिल्ला र प्रदेश कमिटि चयनप्रति असहमति जनाउँदै राजीनामा दिएको बताएका छन् । साह स्थायी कमिटी सदस्यका समेत दाबेदार मानिएका थिए । तर तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको स्थायी कमिटिमा साहको नाम परेको थिएन ।
साहले पछिल्लो पटक प्रदेश सदस्यहरुको चयन गर्दा समेत आफुसँग कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । केही दिनअघि जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवम् जनप्रतिनिधिहरूको प्रशिक्षण रोकिएकोमा साहले असन्तुष्टि जनाएका थिए ।
प्रकाशित मिति : 11:11









