९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

जेल जाने डरले लुकेर बसेकी नायिका शिल्पा पाेखरेल सर्वोच्च अदालत पुगिन्

१ भदाै, काठमाडाैँ । जिल्ला अदालत काठमाडौँले बहु-विवाहमा मुद्दा दायर भएपछि छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गरेपछि जेल जानुपर्ने डरले लुकेर बसेकी नायिका शिल्पा पाेखरेल सर्वाेच्च खदालत पुगेकी छिन् । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाको सम्बन्ध विच्छेद विवाद सर्वोच्च अदालत पुगेको छ। जिल्ला, उच्च हुँदै उक्त विवाद सर्वोच्च अदालत पुगेको हो ।

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन्। उच्च अदालतमा उनले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेजीकाे माग गरेकी थिइन् ।

शिल्पाको उक्त निवेदनमा साउन २४ गते सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पुर्जीको आदेश रोक्न अस्वीकार गरेको थियो। उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्। त्यहाँबाट आफू अनुकुल आदेश नभएपछि शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्।

उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति : August 18, 2019 at 2:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/