११ वर्षीया बालिका बलात्कार गर्ने शिव श्रेष्ठ पक्राउ
२० साउन, बुटवल । केहि दिनअघि नवलपरासीमा ११ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेर फरार रहेका तीन जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीका सत्यवती गाउँपालिका जोहाङ्ग खैरेनीका ५५ वर्षीय शिव श्रेष्ठ रहेका छन् । उनलाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठ पश्चिम नवलपरासीको सुनुवल–४ मा बस्दै आएका थिए । यसअघि सुनुवलबाटै ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेरजवरजस्ती करणीमा मुद्धा दर्ता गरिसकेको छ । ६० वर्षीय श्रेष्ठसहित ३ जना पुरुषहरुले ११ वर्षीया बालिकालाई गत डेढ महिनादेखि पटक–पटक र फरक–फरक स्थानमा लगेर यौन शोषण गरेको पुष्टि भएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आर्चायले बताए ।
प्रकाशित मिति : August 5, 2019 at 12:01 pm









