राजेन्द्र महतोको नागरिकता पनि कीर्ते, सरकारले खारेज गर्यो महतोसहित ८ जनाको नागरिकता
१९ साउन, काठमाडाैँ । सरकारले झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनालाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी दिएका हुन् ।

सरकारले नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी नेपाली नागरिकबाट हटाइएकामा अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोकी पत्नी, वैवाहिक अंगिृकत), सोसिल महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेका छन् ।
प्रकाशित मिति : August 4, 2019 at 8:10 pm









