७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सशस्त्र प्रहरीका ३ जना एआईजीको सरुवा, कसकाे सरुवा कहाँ ?

१९ साउन, काठमाडौँ । सरकारले सशस्त्र प्रहरी (एपिएफ) का ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । प्रहरी कार्य तथा सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

त्यस्तै, मानव स्रोत साधन विभागमा कार्यरत नारायणबाबु थापालाई सीमा सुरक्षा विभागमा र मानव स्रोत साधन विभागमा रामशरण पौडेललाई सरुवा गरिएकाे छ । पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

प्रकाशित मिति : August 4, 2019 at 7:09 pm