७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री तप्त बहादुर बिष्टलाई विमानमै हृदयघात

१९ साउन, काठमाडाैँ । कांग्रेस नेता एवं पूर्वसुचना तथा संचार राज्यमन्त्री तप्त बहादुर बिष्टलाई विमानमै हृदयघात भएकाे छ । आइतबार करिब ३ बजेर दश मिनेटमा पूर्वमन्त्री बिष्ट बुद्धएयरमार्फत नेपालगञ्जबाट काठमाडाैँका लागि उडेका थिए ।

 

पूर्वराज्य मन्त्री बिष्टलाइ विमानभित्रै अचानक हृदयघात भएकोले भैरहवामा आकस्मिक अवतरण गरि उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ ।

पूर्वराज्यमन्त्री बिष्टले केही समयअघि मात्र न्युरोसम्बन्धी अप्रेशन गरेका थिए । त्यही कारणले उनको स्वास्थ्यमा समस्या आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अहिले उनको मुटुको चाल सामान्य रहेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा बिष्ट सुर्खेत क्षेत्र नम्बर ३ बाट बिजयी भएका थिए ।

प्रकाशित मिति : August 4, 2019 at 6:17 pm