२० जनाको मृत्यु भएकाे २४ घण्टा नबित्दै अमेरिकामा अर्काे गाेलीकाण्ड, ९ जनाकाे ज्यान गयाे
१९ साउन, काठमाडाैँ । अमेरिकाको ओहायो राज्यमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको छ । घटनामा बन्दुकधारी पनि मारिएको डेटन प्रहरीले जनाएको छ । त्यस्तै गोलीकाण्डमा अन्य १६ जना घाइते भएका छन् । प्रहरी प्रमुखका अनुसार बन्दुकधारीको बारेमा अहिलेसम्म केही थाहा भैसनकेको जानकारी दिए ।

’२४ घण्टा बित्न नपाउँदै अमेरिकामा अर्काे गोलीकाण्डको घटना घटेको हो । यसअघि अमेरिकाको टेक्सास राज्यको एक ‘शपिङ मल’ मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो भने अन्य २६ जना घाइते भएका थिए । २४ घण्टा बित्न नपाउँदै दोस्रो पटक गोलीकाण्ड भएपछि अमेरिकी सर्वसाधारण त्रसित बनेका छन् ।
प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार १५:३२












