१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी, १८ अर्बभन्दा बढी मौज्दात

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम १८ अर्ब रुपैयाँ नाघेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा कोषमा मौज्दात रकम १८ अर्ब ९ करोड ३२ लाख रुपैयाँभन्दा बढी पुगेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न बैंकका खातामा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौवटा वाणिज्य बैंकका खातामा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात छ।

 

प्रकाशित मिति : October 26, 2026 at 11:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/