प्रधानमन्त्री राेजगार कार्यक्रमः ५९९ स्थानीय तहमा २ लाखले पाए राेजगारी
१६ साउन, काठमाडाैँ । सरकारले प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत करिब २ लाख जना बेराेजगार नागरिकलाई राेजगारी दिएकाे छ । कार्यान्वयनकाे पहिलाे वर्ष विभिन्न कारणले कार्यक्रम ढिला सुरु भए पनि करिब २ लाख जनताले राेजगारी पाएका हुन ।
श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनकाे आयाेजना गरी विवरण प्राप्त भएकाे ५९९ स्थानीय तहमा १ लख ७५ हजार ९०९ वेराेजगारले राेजगारी पाएकाे जनाएकाे छ । ती स्थानीय तहमा औसतमा १३ दिनसम्म वेराेजगाररुले राेजगारी पाएकाे श्रम मन्त्रालयले जनाएकाे छ । उल्लेखित विवरण साउन १५ गतेसम्म मन्त्रालयमा प्रप्त रहेकाे प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए ।
श्रम मन्त्रालयलले कुल २ अर्ब ३६ कराेड ७९ लाख ६९ हजार रुपैँया स्थानीय तहहरुमा पठाएकाे थियाे ।


प्रकाशित मिति : 14:08







