दशैँपछिको पहिलो कारोबार दिन झिनो अंकले घट्यो नेप्से
९ कात्तिक, काठमाडौं । दशैँ बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ४ अर्ब २४ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन ९९ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १७१ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन ६ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

बेनी हाइड्रोपावरको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे छ। त्यस्तै, चिरख्वा हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ७.९२ प्रतिशत घटेको छ। यस दिन घलेम्दी हाइड्रोको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : October 26, 2026 at 3:15 pm










