१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

आज घलेम्दी हाइड्रोसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

८ कात्तिक, काठमाडौं । दशैँ बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

यस दिन ४ अर्ब २४ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन ९९ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १७१ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन ६ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

सोमबार घलेम्दी हाइड्रोको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २३ करोड ६६ लाख ७१ हजार बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २० करोड ५८ लाख ९३ हजार रुपैयाँ, माउन्टेन इनर्जीको १७ करोड ९७ लाख ३२ हजार रुपैयाँ, ग्रिन भेन्चर्सको १५ करोड ९१ लाख १७ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको १५ करोड ५० लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : October 26, 2026 at 3:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/