सभामुख महराले प्रतिनिधिसभाको अवरोध हटाउन बाेलाए सर्वदलीय बैठक
१६ साउन, काठमाडाैँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको अवरोध हटाउन बिहीबार सर्वदलीय बैठक बाेलाएका छन् । केहीदिनदेखि नेपाली कांग्रेस र राजपाको अवरोधका कारण संसद बैठक बस्न नसकेपछि सभामुख महराले बिहीबार दिउँसो १२ बजेपछि सर्वदलीय बैठक बाेलाएकाा हुन् ।
सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै बुधबार कांग्रेस र राजपाका सांसदले नाराबाजी गरेपछि संसद बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

राष्ट्रियसभाबाट राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ पारित गर्ने तयारी छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेपछि पारित गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।
बिहीबारको बैठकमा वातावरणमैत्री सवारी र यातायात नीति, २०७१ र विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण प्रस्तावमा छलफल गर्ने कार्यसूची छ ।
प्रकाशित मिति : 11:18









