वाह ! नेपाल एयरलाइन्स भन्ने बनाउँछुः मन्त्री भट्टराई
१५ साउन, काठमाडाैँ । नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू नेपाल एयरलाइन्स सुधार गर्ने घोषणा गरेका छन । मन्त्रीको पदभार ग्रहण लगत्तै मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने ‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने, ‘एकदिन यस्तो बनाउँछौं, वाह ! नेपाल एयरलाइन्स भन्ने हुन्छ ।’
मन्त्री भट्टराईले अाफू मन्त्री भएकोमा पत्रपत्रिकामा विज्ञापन नदिन आग्रह गरे । उनले मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफू वधाइको लालची नभएको बताए । उनले मन्त्रालयमा बोलिने भाषामा पनि चासो देखाएका छन् । आइस्योस्, गइस्योस् भन्ने भाषा मन्त्रालयमा कसैले पनि प्रयोग नगर्न भट्टराईले निर्देशन दिएका छन् । ‘सिंहदरबारमा आइस्योस्, गइस्योस् भन्ने भाषा छ भन्ने सुनेको छु, यसअघि भए पनि अब त्यस्तो भाषा कसैले पनि प्रयोग नगरिदिनु होला,’ उनले भने ।
प्रकाशित मिति : 21:15









