जेठानको हत्या गरी सरासर प्रहरी चौकी पुगे ज्वाइँ
१५ साउन, गुल्मी । जेठानको हत्या गरी ज्वाइँ सरासर प्रहरी चौकी गएका छन् । खेतमा पानी लगाउने विषयमा झगडा हुँदा गुल्मीको मुसिकोटमा ज्वाइँले जेठानको हत्या गरेका हुन् । मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपकुमार बस्नेतले जनाएका छन् ।
पानीको विवादका क्रममा झडप हुँदा जेठानको हत्या गरेकाे बताउने कुमाल आफैँ प्रहरी चौकीमा गएर हत्याकाे विषयमा जानकारी गराएकाे प्रहरीले जनाएकाे छ । पानीको विवादका क्रममा हत्या भएको भनिए पनि हत्याको कारण अरु नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : July 31, 2019 at 11:22 am









