दरबारमार्गस्थित क्लब डेजाभुका सञ्चालक मनोज श्रेष्ठ २ करोड ठगीकाे आरोपमा पक्राउ
१४ साउन, काठमाडौँ । दरबारमार्गस्थित क्लब डेजाभुका सञ्चालक मनोज श्रेष्ठ २ करोड ठगीकाे आरोपमा पक्राउ परेका छन्। प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका श्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ गरेको हो।
काठमाडौँकाे दरबारमार्गस्थित क्लब डेजाभु मर्मत गर्न २ करोड रुपैयाँ लिएका मनाेजले रकम फिर्ता गर्दा चेक दिइएको खातामा रकम नभएपछि महानगरीय प्रहरी परिसर काठमाडौँमा गत पुस १३ गते बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए।
बैंकिङ कसुर मुद्दामा फरार रहेका श्रेष्ठविरुद्ध महानगरीय प्रहरी कार्यालय काठमाडौँको अनुरोधमा प्रहरीले माघ १५ गते डिफ्युजन नोटिस जारी गरेको थियो। पक्राउ परेका श्रेष्ठलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हङकङबाट क्याथे ड्रागनको उडानमार्फत नेपाल आएका उनलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति : July 30, 2019 at 12:55 pm









