७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

काठमाडौँकाे कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गर्दै गोली प्रहार

१४ साउन, काठमाडाैँ । काठमाडौँकाे कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गर्दै गोली प्रहार भएकाे छ । तीनतले घरको दोस्रो तलाकाे कोठामा अध्ययन गरिरहेकी पूर्वउपसचिव विष्णुप्रसाद शर्माकी छाेरीकाे काेठामै गोली प्रहार भएको छ । गएराति काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिवको घरमा हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि युवतीलाई केही नभएकाे प्रहरीले जनाएकाे छ ।

पूर्वउपसचिवकी छाेरीकाे कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको र कुनै प्रकारको क्षति नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए । डीएसपी वोगटीले भने,‘‘एयरगनको गोली होकि जस्तो देखिन्छ । परीक्षणपछि थप जानकारी होला । तर लाइसेन्स प्राप्त हतियारधारीले चलाउँदा वा खेलाउँदा गोली निस्कियो कि भन्ने आशंका पनि हामीले गरेका छौं ।

प्रकाशित मिति : July 30, 2019 at 11:06 am