जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु
१३ साउन, काठमाडौँ । जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीय फुर्मली बुढाथोकीको घरमा साउन ८ गते जंगली च्याउ खाँदा उनीसहित छोराछोरी बिरामी भएका थिए ।

भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उपचारका क्रममा बुढाथोकीसहित ४ वर्षीय छोरी सुनिता बुढाथोकी र ३ वर्षीय छोरा पुष्कर बुढाथोकीको मृत्यु भएको छ ।
प्रकाशित मिति : July 29, 2019 at 3:17 pm







