उच्च अदालतका तीन मुख्य न्यायाधीश सरुवा, तीन न्यायाधीश कारवाहीमा
१३ साउन,काठमाडौँ । उच्च अदालतका तीन मुख्य न्यायाधीशको सरुवा भएकाे छ । आइतबार बसेकाे न्याय परिषदको बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरेको छ भने सुवेदीको ठाउँमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेललाई सरुवा गरिएकाे छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालको सुर्खेत सरुवा भएको छ ।
उच्च अदालत पोखराका न्यायाधीशहरु रामचन्द्र यादव, जीवनहरि अधिकारी र नरबहादुर शाहीलाई प्रादेशिक क्षेत्राधिकार मिचेर गोर्खा बु्अ रीको राजश्व छलीसम्बन्धी मुद्दामा बदनियतपूर्वक आदेश गरेकाे अभियाेगमा न्यायपरिषदले कारबाही गरी छानबिन थालेको छ ।
प्रकाशित मिति : July 29, 2019 at 2:59 pm









