विद्यार्थीको सुसाइटड नोटः बुबा म त नालायक छोरा परेँ, अब हेप्पीली बस्नु
१३ साउन, कञ्चनपुर । कञ्चनपुरमा एकजना विद्यार्थीले सुसाइडनाेट लेखेर आत्महत्या गरेका छन् । नाेटमा उनले अाफ्नाे परिवारलाइ ध्ररै सम्झिएकाे देखिन्छ भने उनले सुसाइड नाेटमा एक शिक्षककाे नाम पनि लेखेका छन् ।
महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले सुसाइड नोटमा बुबालाइ धेरै संबाेधन गरेका छन् र लेख्छन् बुबा म त नालायक छोरा परेँ, अब हेप्पीली बस्नु । यस्ताे सुसाइडनाेट लेखेर उनले शनिबार आत्महत्या गरेका हुन् ।
उनले सुसाइड नोटमा हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’ भनेर उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी गणेश बमले घरको कोठामा झुण्डिएर आत्महत्या गरेको र कोठाबाटै सुसाइड नोट बरामद भएको बताए । घटनाको अनुसन्धान भइरहेको डिएसपी बमले जानकारी दिएका छन् ।
अंग्रेजी रोमनमा सुरजले लेखेको सुसाइड नोट यस्तो छः
ड्याडी, धेरै भयाे अब म हजुरलाई अरु टेन्सन दिन चाहन्न । कलेजबाट आएका कम्प्लेनले हजुरलाई धेरै डिस्टर्ब गर्यो । म पनि हजुरलाई टेन्सन दिएर बाँच्न सक्दिन । हजुरलाई सबै ठाउँमा मैले इन्सल्ट गराएँ । हजुर मलाई जस्तो बनाउन चाहनुहुन्थ्यो, म त्यस्तो बन्न सकिन । त्यसैले ड्याडी म मरेपनि मेरा दुई दाइहरु छँदैछन् । तिनीहरुलाई राम्ररी पढाउनु । म त हजुरको नालायक छोरा परेँ । अब हेप्पीली बस्नु…… । सरी ड्याड ।अनि मैले दारु कहिले पनि खाएको छैन । खानु त कता हो हामी बाहुनको छोरा हौं । दारु हाम्रो लागि नराम्रो हो । र गिल्टी फिल नगर्नु । मैले चुरोट खाएपनि एक वर्ष भयो अनि दारु पनि खाँदिन म ।जय निराजन बाबा, आइ क्वीट !लब यू आमा, मम्मी, ड्याड, सागर दाइ, सन्दीप दाइ !
प्रकाशित मिति : July 29, 2019 at 12:08 pm









