३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

किन ‘छल-कपट’ गर्दै छन् धुर्मुस–सुन्तली ?

११ साउन, काठमाडाैँ । चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गर्न लागेको चलचित्रको नाम परिवर्तन गरी ‘छल-कपट’ राखिएकाे छ ।  सुरूमा चलचित्रको नाम ‘एन्टी-भाइरस’ थियो । ज्योतिषले हेराउँदा ‘एस’ बाट नाम जुराउने सल्लाह पाएपछि ‘धुर्मुस-सुन्तली’ ले फिल्मको नाम ‘सेन्टी–भाइरस’ बनाए । अब निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फाइनल भएको चलचित्रको नाम ‘छल-कपट’ राखिएको जनाइएकाे छ ।

भाद्र १३ गते चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएपछि चलचित्र ‘छल-कपट’ को छायांकन सुरु हुने जनाइएकाे छ । कमेडी जनरामा निर्माण हुने चलचित्रमा ‘धुर्मुस-सुन्तली’ कै प्रमुख भूमिका रहने निश्चित भइसकेको छ । चलतित्र ‘छल-कपट’ का लागि अन्य कलाकार र प्राविधिक लाइनअप पूरा हुन बाँकी छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार २१:०८