साउन १५ गते बन्द (विज्ञप्तिसहित)
११ साउन, काठमाडौं । उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ साउन १५ गते विराेध गर्दै बन्दकाे घाेषणा गरेका छन् । नेकपाले १५ गते बाग्मति, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको जनाएको छ । विद्रोही नेकपाले लामा सहित सम्पुर्ण नेता कार्यकर्ताको विना सर्त रिहाईको माग समेत गरेको छ ।

सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछ ।

प्रकाशित मिति : 20:27









