सरकारकाे काममा कांग्रेस सहयोगी बन्न तयार छः नेता सिंह
११ साउन, काठमाडाैँ । शनिबार बिहान काठमाडाैँमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले सकारात्मक र रचनात्मक काम सरकारले गरे काँग्रेसले पनि साथ दिने र सरकारकाे काममा सहभागि बन्ने बताएका छन् । आरोप प्रत्यारोपमा लाग्नुको साटो मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै एकजुट हुनुपर्ने उनले बताएका छन् । वर्तमान सरकारले राम्रा काम गरेर अगाडि बढेमा कुटनैतिक क्षेत्रसमेत विश्वस्त हुने नेता सिँहले बताएका छन् ।

अन्तर्राष्टिय जगतलाई विश्वासमा लिएर काम गर्न सके मुलुक असफल राष्ट्र बन्ने दिशातर्फ गएको उनले बताएका छन् । कार्यक्रममा नेता सिंहले गुहेश्वरी बाल शिक्षा माद्यमिक विद्यालय थापाथलीमा अध्ययनरत दुई सय विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण तथा एसईई परीक्षामा उत्तीर्ण भएकाहरुलाई सम्मान गरेका थिए । विद्यालय पोशाक पूर्व गभर्नर हिमालय शमशेर जबराको सहयोगमा प्राप्त भएको थियो ।
प्रकाशित मिति : 12:37









