प्रदेश ३ को मुख्य न्यायाधीवक्तामा नुवाकोटका ओमप्रसाद थपलिया सिफारिस
१० साउन, मकवानपुर । प्रदेश नम्बर ३ को मुख्य न्यायाधीवक्तामा ओमप्रसाद थपलिया सिफारिस हुनु भएका छन् । रिक्त मुख्य न्यायाधीवक्तामा मुख्यमन्त्री डोरमणि पौडेलले थपलियालाई सिफारिस गरेका हुन् । २०४४ साल देखि नै अधिवक्ताबाट कानुनी क्षेत्रमा लागेका थपलिया २०४८ सालबाट अधिवक्ताको रुपमा वकालत पेसामा आवद्ध छन् ।
नुवाकोटको तत्कालीन मदानपुर गाविसमा जन्मिएका थपलिया २०७४ सालमा वरिष्ठ अधिवक्ता भएका हुन् । न्यायाधीवक्तामा सिफारिस भएका थपलियालाई साउन १२ गते प्रदेश प्रमुख अनुराधा कोइरालाले सफथ खुवाउने छिन् ।
यसअघि मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएपछि यो पद खाली थियो ।
प्रकाशित मिति : 08:13









