६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

काङ्ग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान शुरू

८ साउन, पाेखरा । नेपाली काङ्ग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ । अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा डा भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन दिनानुदिन कमजोर बन्दै गएको बताउनुभयो ।

नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनादेखि दोस्रोे लोकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्रसम्म आइपुग्दा काङ्ग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि पार्टी मजबुत बन्नुपर्ने बताउनुभयो । गुट–उपगुटले काङ्ग्रेसलाई कमजोर बनाउने र त्यसको प्रत्यक्ष असर राष्ट्र र लोकतन्त्रमाथि पर्ने भएकाले देशव्यापीरूपमा नै नेपाली काङ्गेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी अभियानलाई सक्रिय बनाइने जानकारी दिनुभयो ।

“यो अभियानको उद्देश्य काङ्ग्रेसको गरिमामय योगदानलाई जीवन्त राख्दै पार्टीलाई आफ्नो मूल्य मान्यताअनुरुप क्रियाशील गराउनका लागि हो, कुनै पदप्राप्ति वा अन्य स्वार्थमा आधारित भई गरिएको होइन”, नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय सभापतिसमेत रहनुभएका ढकालले भन्नुभयो, “अनुशासित र क्रियाशील काङ्ग्रेस राष्ट्रका लागि आवश्यक छ ।”

प्रकाशित मिति : July 24, 2019 at 12:01 pm