१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

तत्काल ५ सय कर्मचारी नदिए काम गर्न सकिँदैनः मुख्यमन्त्री शाही

७ साउन, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल ५ सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विनाकुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशहरुमा कर्मचारी अभाव हुँदा विकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको बताए ।

कर्णाली प्रदेशलाई ३ हजार देखि ३५ सय कर्मचारी आवश्यक रहेकोमा त्यसको पूर्तिका लागि ढिलासुस्ती भइरहेको बताए । लोकसेवा आयोगमा कर्मचारी दरबन्दीका लागि लेखि पठाए पनि समय लाग्ने देखिएको बताए । कर्मचारी करारमा नियुक्ति गर्ने कानुनी व्यवधान रहेको र लोकसेवाले पनि ढिलासुस्ती गरिदिंदा समस्यामा परेको बताए । कर्मचारी समायोजनपछि अधिकांशकर्मचारीले कर्णाली रोज्न नमानेको भन्दै कर्मचारी अभावभोगिरहेको बताए । कर्णालीमा जर्बजस्ती पठाइएको महशुशगर्ने गरेको भन्दै त्यसको मार प्रदेशले भोगेको बताए ।

क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उनले भने,‘कर्णालीजाऔं जाऔं लाग्ने गरी भत्ता बढाइदिनुपर्छ ।’
करारमाकर्मचारी भर्ना गर्ने अवस्थानभएकोले केन्द्रले तत्कालकर्मचारी पठाउन आवश्यकरहेको उनको भनाई थियो । कर्मचारी अभावले कामगर्ने उत्साह सृजनाहुननसकेको शाहीले बताए । प्राविधिकजनशक्ति करारमाभर्ना गर्ने सूचनाप्रकाशित गरेपनिकानुनीव्यवधार आएपछि गर्न नसकिएको जानकारी दिए । कर्मचारी अभावकाकारण कुल बजेटको आधापनिखर्च हुननसक्ने अवस्थाआएको बताए । उनले भने, ‘कर्मचारी अभावले विकासनिर्माणका काम अगाडि बढाउन नसक्दाजनताको अपेक्षा पूरा गर्न सकिएन ।’कर्मचारी भर्नाको आधार तयार हुनलागेकाले केहीआशाजागेको बताए ।

सरकार गठन भएको डेढ वर्ष पुगदाप्रशासनिक संरचना पूरा गर्नमै अल्झनुपरेको बताए । तीनतहको प्रशासनिक संरचनाले पूर्णता नपाउँदा जनताको अपेक्षा पूरा गर्न नसकिएको उनको भनाई थियो । उनले भने,‘विकास जुन गतिमा बढ्नुपथ्र्यो बढेको छैन ।’ प्रशासकीय संरचनाले पूर्णता नपाउँदा विकासले गतिलिन नसकेको बताए । संघीय सरकारका केही संरचनाप्रदेश सरकारलाई हस्तान्तरण भएपनिकार्यालय मात्र हस्तान्तरण भएको तर कर्मचारी नभएको बताए ।

कर्णाली प्रदेशलाई केन्द्र सरकारले ९ अर्ब विकास बजेट मात्र विनियोजन गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने,‘कर्णालीप्रदेश जस्तो विकट क्षेत्रमायति बजेटले पुग्दैन ।’ कर्णालीको संरचना हेरेर पनिविकासकालागि बजेट थप्नुपर्ने बताए । केन्द्र सरकार र स्थानीय सरकारले विकासका कामलाई तिव्रतादिन सक्नुमा प्रशासनिक संरचनाले पूर्णता पाउनु कारण रहेको बताए । उनले भने,‘जुनगतिमा केन्द्र र स्थानीय तहले काम गरे प्रदेशबाट अपेक्षाकृत नभएकै हो ।’ प्रदेश सरकारबाट जनतालाई ठूलो अपेक्षा भएपनि पूरा गर्न नसक्नुमा प्रशासनिक कारण औँल्याए ।

सरकारले समन्वयकारी भूमिका निभाउन नसक्दा समग्र सरकार संचालनमा समस्या आएको बताए । केन्द्र सरकारले तीनवटै तहको सरकार संचालनमा समन्वय राम्ररी गर्न नसकेको भन्दै कमी कमजोरी सच्याउनुपर्ने बताए । मुख्यमन्त्री शाहीले भने,‘केन्द्र सरकारले जसरी समन्यकारी भूमिका निभाउनुपथ्र्यो, त्यसमा कमजोरी देखिएको छ ।’केन्द्र सरकारले समन्वयकारी भूमिका निभाउन सके तीनवटै तहको सरकारले सोचेअनुरुपको लक्ष्य हासिल गर्न सक्ने बताए । केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वय नहुँदा बजेट कार्यान्वयनमा समस्या आएको खुलाए । अब समन्वय राम्ररी गरेर बजेट कार्यान्वयनमा सशक्त ढंगले जानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : 20:39