१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

सरकारले विकास र सम्वृद्धिमा फड्को मार्नेछः उपप्रधानमन्त्री पोखरेल

७ साउन, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अव सरकारले गति लिने बताउनुभएको छ । धरान उपमहानगरका मेयर तारा सुब्बा स्मृति ग्रन्थ लोकार्पणका क्रममा उपप्रधानमन्त्री पोखरेलले त्यसो भन्नुभएको हो । सरकार मात्र परिवर्तन नभइ प्रणालीनै परिवर्तन भएकाले नयाँ प्रणाली अनुकुलका कानुन, नीति र संरचना निर्माण भइरहेकाले जनचाहना अनुरुप सरकाले डेलिभरी दिन समय लागेको वताउनुभयो ।

‘एक बर्षको अवधिमा कानुन, नीति र संरचना निर्माण भएर आधारस्तम्भ तयार भएको छ’,उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ‘अव सरकारले गति लिन्छ। ’ उहाँले पार्टीको घोषणा पत्र तथा सरकारको नीति र कार्यक्रम अनुरुप सरकारले विकास र सम्वृद्धिमा फड्को मार्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाँले तारा सुब्बा सजिलो अवस्थामा मात्र होइन अप्ठयारो अवस्थामा पनि चम्कन सक्ने ब्यक्तित्व भएको वताउनुभयो । उहाँको सपनाको रक्षा गर्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलको जोड छ । ‘मरेर जानेहरूले देखेको सपनालाई बाँच्नेहरूले आँखामा साँचिरहनुपर्छ’ उहाँले भन्नुभयो ।. सुब्बा भौतिक रूपमा यो संसारमा नरहेपनि विचार र कर्मले बाँचिरहेको वताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्याहाडले तारा सुब्बा विद्यार्थीसमयदेखिनै असल ब्यक्तित्व रहेको वताउनुभयो । मुख्यमन्त्री शेरधन राईले तारा सुव्वाले देख्नुभएको धरानलाई स्मार्टसिटि वनाउने सपना पुरा गर्ने जिम्मेवारी प्रदेश र स्थानीय सरकारको काँधमा आएको वताउनुभयो । कार्यक्रममा सभामुख प्रदीप भण्डारी,प्रा डा टंक न्यौपाने,डा भीम खतिवडा,सांसद जयकुमार राई,नेकपा सुनसरी सचिव रमेश वस्नेत लगायतले तारा सुव्वाको योगदानको चर्चा गर्नुभयो ।

प्रकाशित मिति : 18:28