वर्तमान सरकार पुष्पलालको सपना साकार पार्ने काममा अग्रसर छः प्रधानमन्त्री ओली
७ साउन, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालले अगाडि सार्नु भएका प्रस्थापनामा आधारित भएर नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन अग्रसर रहेको बताएका छन । पुष्पलाल स्मृति दिवसको अवसरमा आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेकपा र वर्तमान सरकार पुष्पलालको सपना साकार पार्ने काममा अग्रसर रहेको प्रष्ट पारेका छन ।
‘नेपाली समाजको चारित्रिक विशेषताको वस्तुनिष्ठ विश्लेषण गरी कम्युनिस्ट आन्दोलनलाई वैचारिक जग प्रदान गर्दै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको नेतृत्व गर्नु भएका संस्थापक महासचिव श्रद्धेय पुष्पलालको स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु,’ प्रधानमन्त्री ओलीले भनेका छन ।

उनले सामाजिक न्यायसहितको समृद्धिको नेतृत्व नेकपाले गरिरहेकोपनि प्रष्ट पारेका छन । ‘पुष्पलालले अगाडि सार्नु भएका प्रस्थापनामा आधारित भएर नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन अग्रसर छौं।उहाँले स्थापना गर्नु भएको पार्टी सामाजिक न्याय सहितको समृद्धिको नेतृत्व गरिरहेको छ। यस अभियानलाई सार्थक बनाउँदै पुष्पलालप्रतिको सम्मानलाई उचाईमा पुर्याउन हार्दिक आह्वान गर्दछु,’ प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रकाशित मिति : July 23, 2019 at 10:49 am









