१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

आवश्यक परे फेरि हतियार उठाउने मोहन वैद्यको चेतावनी, जनसंघर्षको तयारी सुरु

६ साउन, काठमाडाैँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले हतियार उठाउने चेतावनी दिएका छन् । जनकपुरमा साेमबार पत्रकारहरूसँग महासचिव किरणले आवश्यक परे फेरि हतियार उठाउने बताए । उनले भने, ‘जनसंघर्षको तयारी सुरु गरेका छौं। तर आवश्यक परे हतियार पनि उठाउन सक्छौं ।’

उनले सरकार यथास्थितिबादी हिसावले अगाडि बढेको र जनताको पक्षमा नरहेको आरोप लगाए। महासचिव किरणले विप्लव नेतृत्वको नेकपालाई सरकारलाई प्रतिबन्ध लगाएर सरकार गल्ती गरेको पनि बताए। उनले विप्लव समूह आफ्नै पार्टीबाट निस्केर गएको भन्दै सरकारले राजनीतिक ढंगले समस्या समाधान गर्नुपर्ने बताए ।

मधेसवादी दलहरू पनि मधेस मुक्तिको सवाल उठाए तर अहिले सरकारमा गएकोमा आक्रोस व्यक्त गरे। उनले वर्गीय, लैंगिक र मधेस मुक्तिको मुद्दा बोकेर जनसंघर्ष गर्ने तयारीमा लागेको स्पष्ट पारे। अहिले सरकारको नेतृत्व गर्नेहरु कम्युनिष्ट नभएको पनि बताए।

प्रकाशित मिति : 18:05