६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

मिर्गाैला पीडित अनेरास्ववियूका नेताको उपचारका लागि ११ लाख जुट्यो (कसले कति दिए ? सूचीसहित)

५ साउन, काठमाडौँ । मिर्गौला पीडित अनेरास्ववियु नुवाकोटका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारका लागि सहयोगको अपिल गरिएको एक महिना पुग्न २ दिन बाँकी छँदै सुरूवाती अपेक्षा भन्दा एक लाख बढी रकम सहयोग जुटेको छ । स्वःस्फूर्त रूपमा अनेरास्ववियु नुवाकोटका अर्का पूर्व अध्यक्ष एवं समाजसेवी अनुजकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत असार ७ गते सहयोग अपिल गरेका थिए ।

मिर्गाैला पीडित केदार पुडासैनी ।

श्रेष्ठको अपिलपछि अनेरास्ववियू नुवाकोट, तत्कालीन एमालेको नुवाकोट(काठमाडौँ सम्पर्क मञ्चले पनि सहयोग संकलनका नम्ति पहल कदमी लिएको थियो । सहयोग संकलनको समिक्षा गर्न शनिबार बालाजुको मनमोहन कलेजमा सांसद ब्रदी मैनालीको उपस्थितमा भएको बैठकले पुडासैनीको स्वास्थ्यलाभको कामना गर्दै अभियान सुरू गरेर व्यापक बनाउन भूमिका खेलेको भन्दै अनुज श्रेष्ठलाई तालीद्धारा अभिनन्दन गरिएको थियो ।

नेकपाका सांसद बद्री मैनाली ।

सांसद मैनालीले यस्ता अभियानले कार्यकर्ताको उपचारमा सहयोग पुग्ने भएपनि दीर्घकाली हितका लागि पार्टीको कार्यकर्ता संरक्षण कोष प्रभावकारी रूपमा सञ्चानल गर्नुपर्नेमा जोड दिँदैल आफूले समेत पहलकदमी लिने घोषणा गरे । गरिबीका कारण धेरै नेपालीमा आइपर्ने गम्भीर खालको स्वास्थ्य समस्या समाधानका लागि राज्यले हेर्नुपर्ने भन्दै त्यसका निम्ति आफूले पनि नीतिगत सम्बोधनमा जोड दिएको बताए । उनले कम्युनिष्ट सरकारप्रति जनताको भरोसा समेत रहेका कारण केही अब केही वर्षभित्र सबैखाले गम्भीर रोगको उपचारको जिम्मा सरकारले लिने परिस्थिति निर्माण हुने बताए ।

बैठकपछि सामूहिक तस्बीर खिचाउँदै नेकपाका नेता कार्यकर्ता ।

बैठकमा केदार पुडासैनीलाइ २०४३ सालमा कम्युनिष्ट बनाउने टिडी खतिवडाले कार्यकर्ताको संरक्षणका लागि रचनात्मक कामहरू गरेर कोष निर्माण गर्नुपर्ने बताए । उनले पार्टीका निम्ति जीवन दिनेहरूका लागि रोग लगेको समयमा पार्टीले पनि जीवन बचाउने काम गर्नुपर्ने भन्दै नेकपाकै एक जना नेता गोपालमान श्रेष्ठको जस्तो इमान्दारिताका साथ कार्यकर्ता संरक्षण कोषमा रकम जम्मा गर्ने परिपाटी बसाउनुपर्ने बताए । उनले सहयोग संकलन यस्तै खालको पारदर्शी हुनुपर्ने बताए ।

पुडासैनीको जीवनरक्षाका लागि सहयोग संकलनको अभियान सुरू गर्ने अनुज श्रेष्ठ (सेतो टिसर्टमा) र पुडासैनीलाइ कम्युनिष्ट बनाउने टिडी खतिवडा (निलो सर्ट)मा ।

सहयोग अभियानको सुरूवातकर्ता अनेरास्ववियुका पूर्व अध्यक्ष श्रेष्ठले पहल आफूले लिए पनि सबैको सहयोगले अपेक्षा गरे अुनसार रकम संकलन भएको बताए । उनले आफूले अभियान पारदर्शीहोस भन्ने चाहेरै केदारजीको श्रीमति सरस्वती न्यौपाने पुडासैनीको नाममा हिमालय बैंकमा खाता खोल्न लगाएरमात्र रकम संकलन सुरू गरेको जानकारी दिए ।

श्रेष्ठले यो अभियानको जस अनुज श्रेष्ठमात्र हैन, शुभेच्छा प्रकट गर्ने र सहयोग गर्ने सबैको भएको पनि बताए । विगतमा पनि एक जना गरिब बालकको उपचारका निम्ति सहयोग संकलन गरेको सन्दर्भ उठाउँदै उनले सहयोगीहरूको शुभेच्छाका कारण केदार पुडासैनीको आत्मबल समेत बढेको बताए । उनले यही साउन १० गतेसम्म हिमालय बैंक लिमिटेडमा सरस्वती न्याैपाने पुडासैनीको नाममा रहेको खता नम्बर : 026-0829113-0017 मा सहोग उपलब्ध गराउन सकिने पनि बताएका छन ।

यो पनि पढ्नुहोस्

-मिर्गाैला रोगबाट पीडित अनेरास्ववियु नुवाकाेटका पूर्व अध्यक्ष पुडासैनीका लागि सहयोग अपिल

हालसम्म केदार पुडासैनीको उपचारका लागि तपशिलमा उल्लेखित व्यक्तिहरूले सहयगोग गरेका छन । 

प्रकाशित मिति : July 21, 2019 at 11:46 am