मिर्गाैला रोगबाट पीडित अनेरास्ववियु नुवाकाेटका पूर्व अध्यक्ष पुडासैनीका लागि सहयोग अपिल
७ असार, काठमाडाैँ । अनेरास्ववियु नुवाकोटका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारका लागि सहयोगको अपिल गरिएको छ । स्वःस्फूर्त रूपमा अनेरास्ववियु नुवाकोटका अर्का पूर्व अध्यक्ष एवं समाजसेवी अनुजकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग अपिल सार्वजनिक गरेका छन । शनिबार अबेर पूर्व अध्यक्ष श्रेष्ठले पुडासैनीको श्रीमति सरस्वती न्याैपाने पुडासैनीको नाममा रहेको हिमालय बैंकको खाता नम्बरसहित १० लाख रूपैयाँ संकलनको अपेक्षा गरिएको बताएका छन ।

हिमालय बैंक लिमिटेडमा सरस्वती न्याैपाने पुडासैनीको नाममा रहेको खता नम्बर : 026-0829113-0017 मा सहोग उपलब्ध गराउन अपिल गरिएको छ । श्रावण महिनाको पहिलो हप्ता सम्म सहयोग गर्न सकिने श्रेष्ठले बताएका छन । बेलकाेटगढी नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका पुडासैनीलााई श्रीमतिले मिर्गाैला दिन तयार रहेको पनि बताइएको छ । संकलित सहयाेगबाट पुडासैनीको मिर्गैला परिवर्तन हुने भन्दै श्रेष्ठले अाफ्नो तर्फबाट १० हजार रूपैयाँ नगद सहयोगको घोषणा समेत गरेका छन ।
प्रकाशित मिति : 21:49









