१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

विप्लव समूहका प्रभावशाली नेता माइला लामा कांडाघारीबाट पक्राउ

५ साउन, काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज माइला लामा प्रक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्युरोले लामालाई काठमाडौंको कांडाघारीबाट प्रक्राउ गरेको जनाएको छ । लामासँगै नेकपाका अर्का कार्यकर्ता रेशम तामांग समेत प्रक्राउ परेको परेका छन । लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतिक संघका अध्यक्ष समेत हुन् ।

लामाकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीले बताउँदै अाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा गएराति १२:२० बजे पक्राउ परेको बताएका छन । एसएसपी थापाले लामा र तामङको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज समेत बरामद गरेको बताए । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका लामा सितापाइला बस्दै अाएका थिए ।

प्रकाशित मिति : 09:24