११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

कुरिनटारमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किए, ११ जना घाइते

१० कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

 

दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आज बिहान ८:४५ बजे एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : October 27, 2026 at 10:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/