सम्पदा लघुवित्तको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा
१० कात्तिक, काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी कृष्ण बहादुर थापाले आफ्नो नाममा रहेको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्। संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीले संस्थाको केन्द्रीय कार्यालय, गैँडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा जानकारी गराउनुपर्नेछ। साथै, तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्न कुनै लिखित जानकारी प्राप्त नभएमा सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।
प्रकाशित मिति : October 27, 2026 at 9:52 am










