१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

एक जनाको ज्यान जानेगरी कैलालीमा भएकाे बम विष्फोटको जिम्मा विप्लवले लियाे

३ साउन, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले कैलालीको धनगढीमा एक जनाको ज्यान जाने गरेर बिहीवार भएको बम विष्फोटको जिम्मा  लिएकाे छ । शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो ।विज्ञप्तिमा भनिएको छ, ‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’

यस्ताे छ विज्ञप्तिः

प्रकाशित मिति : July 19, 2019 at 1:36 pm