११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

१० कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। सोमबार तोलामा तीन हजार रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला आठ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : October 27, 2026 at 11:04 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/