१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

नुवाकोट जाने सडक मर्मतका लागि कांग्रेसको अनुरोध, एक सातामा सुधार नभए आन्दोलन गर्ने

२९ असार, नुवाकोट । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नुवाकोटले जनसरोकारका विषयमा पनि आवाज उठाउने अभ्यास गरिरहेको छ । यसैक्रममा आइतबार नुवाकोट कांग्रेसले जिल्ला प्रवेशका सबै नाकाका सडकको दुरावस्थाले जनतामा समस्या सिर्जना गरेको भन्दै तत्काल सामान्यमात्र भए पनि मर्मतको पहल गरिदिन भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई आग्रह गरेकोछ ।

नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसी नेतृत्वको टोलीले नुवाकोट प्रवेश गर्ने विभिन्न सडकहरु वर्षाको समयमा संचालन हुन कठीन भएकाले सडक तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएको हो । टोलीमा महासमिति सदस्य रमेश कुमार महतसहितनेता सहभागी भएका थिए । काठमाडौंबाट बालाजु–ककनी–बिदुर, गल्छी–त्रिशुली, टोखा–छहरे, ओखरपौवा– चाउथे–गल्छी सडकखण्डहरु मर्मत गर्न नुवाकोट कांग्रेसले आग्रह गरेको हो । कग्रेसले एक साताभित्र पनि माग पूरा नभए अान्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : 19:08