बाढीपहिरोबाट मृत्यु हुनेको परिवार र घाइतेलाई उचित राहत दिन पूर्व प्रधानमन्त्री खनालको आग्रह
२९ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बाढी र पहिरोबाट मृत्यु हुनेको परिवार र घाइतेलाई उचित राहतको व्यवस्था गर्न आग्रह गरेका छन । आइतबार विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशका विभन्न ठाउँमा भएको क्षतिप्रति दुःख प्रकट गरेका छन ।

खनालले ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धोजली व्यक्तग गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । उनले समूदायका सम्पूर्ण सदस्यलाइ उद्धार र राहतको काममा खटिन पनि अपिल गरेका छन ।

प्रकाशित मिति : 13:55









