२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

गरिमा अब सिपाहीकी श्रीमती…

२६ असार, काठमाडाैँ । नेपाली चलचित्रकी नायिका गरिमा पन्त अब सिपाहीकी श्रीमती मन्ने भएकी छिन् । नायिका पन्तले निर्मल पौडेलद्वारा निर्देशित सर्ट फिल्म सिपाहीकी स्वास्‍नीमा अभिनय गर्ने भएकी हुन् ।  कथाकार महेश विक्रम शाहको कथा ‘सिपाहीकी स्वास्‍नी’मा आधारित भएर बनाइएको फिल्म आइफ्लिक्सबाट सार्वजनिक गरिएको हो ।

१० वर्षे सशस्त्र द्वन्द्वमा एउटी सिपाहीको स्वास्‍नीको अवस्था कस्तो रहेको थियो भन्ने विषय फिल्ममार्फत देखाउन खोजिएको छ। फिल्ममा युद्धमा गएको श्रीमानको पर्खाइमा हरेक दिन त्रासदी जीवन बाँचिरहेकी एउटी श्रीमतीले दैनिक जीवनमा कस्तो भोगाइ महसुस गर्छिन् भन्ने विषय फिल्ममा उजागर गर्न खोजेको निर्देशक पौडेलले जानकारी दिए। निर्मल फिल्म्स को प्रस्तुति रहेको यस फिल्मका निर्माता रीता पौडेल र नरहरि पौडेल हुन् भने फिल्मको पटकथा लेखन निर्मल पौडेल र रितेश गुरुङले संयुक्त रूपमा गरेका हुन्।

प्रकाशित मिति : July 11, 2019 at 9:41 pm