डीआईजी नै प्रदेश प्रहरी प्रमुख हुने, राज्य व्यवस्था समितिमा जुट्याे सहमती
२५ असार, काठमाडौँ । संसदको राज्य व्यवस्था समितिमा प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रदेशको प्रहरी प्रमुख बनाउने विषयमा सहमति जुटेको छ। बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रहरी विधेयककका सम्बन्धमा सरकारले अगाडि सारेको प्रस्तावमै सहमति जुटेको हो। सरकारले यसअघि पनि प्रदेश प्रहरीको प्रमुखको जिम्मा डीआईजीलाई नै दिँदै अएको थियो।
सांसदहरुले यसअघि प्रदेश प्रहरी प्रमुखमा एआईजी हुनुपर्ने प्रस्ताव राखेको थिए। यो सहमतिसँगै अब प्रहरी समायोजको बाटो खुलेको छ। सातै प्रदेशमा डीआईजीसहित ५५ हजार प्रहरी समायोजनमा जाने र २० हजार प्रहरी संघमा रहनेछन्।
प्रकाशित मिति : 14:31









