निर्माता छवि ओझाकाे घरेलु हिंसाको शिकार बनिन् शिल्पा, ओझाविरूद्ध उजुरी
२५ असार, काठमाडाैँ । निर्माता छवि ओझाकाे घरेलु हिंसाको शिकार बनेकी शिल्पा पोखरेलले उजुरी दिएकी छन् । ओझाकी पत्नी तथा अभिनेत्री पोखरेलले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसाको उजुरी दिएकी हुन्। उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज दिउँसो परिसर बोलाएको प्रहरीले जनाएको छ।

विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको श्रोतलले जनाएकाे छ । शिल्पाले छविसँग डिभोर्स मागेकाे श्रोतले जनाएकाे छ । छविले शिल्पालाई अाफ्नाे ब्यानरमा ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’मा अभिनय गरेकका छन् । सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन्।

प्रकाशित मिति : July 10, 2019 at 12:04 pm










