सेवानिवृत्त कर्मचारीको सुविधा कटौतीमा कांग्रेसको आपत्ति
२५ असार, काठमाडाैँ । नेपाली काङ्ग्रेसले सेवानिवृत्त कर्मचारीलाई दशैँलगायत चाडबाड खर्चका लागि एक महिनाको तलब बराबरको रकम दिँदै आएकामा हाल सो रकम कटौती गर्ने भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस संसदीय दलको कार्यालयले मंगलबार विज्ञप्तिमार्फत निवृत्तिभरण लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती गर्न काङ्ग्रेस सहमत नभएको जनाएको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले लामो समयसम्म राष्ट्रसेवकका रुपमा राष्ट्रलाई सेवा पु¥याएका कर्मचारीको उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति : 07:14









