१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

प्रधानमन्त्री केपी शर्मा ओलीले पाए राष्ट्रिय परिचयपत्र, तस्बीरमा हेर्नुहोस् प्रधानमन्त्रीको खुशी

२४ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्र पाएका छन । मंगलबार उनले प्राप्त गरेको परिचय पत्र देखाउँदै मुस्कानसहितको तस्बीर समेत खिचाएका छन । राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जिकरण विभागले आज बिहान वालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्रीको परिचयपत्र हस्तान्तरण गर्दै विभागका महानिर्देशक दिपक काफ्लेले पहिलो चरण अन्तर्गत सबैभन्दा पहिला पाँँचथरमा परिचयपत्र वितरण गरिएको जानकारी दिए । काफ्लेले पाँचथरमा ८० हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको पनि बताए । परिचयपत्र लिदै प्रधानमन्त्री ओलीले अभियानको सफलताको शुभकामना व्यक्त गरे । विभागले राष्ट्रिय परिचयपत्र वितरण २ वर्षमा सक्ने जनाएको छ । तस्बीरहरू रासस ।

 

प्रकाशित मिति : 13:29