मन्त्रिपरिषद् बैठक नै छाडेर प्रधानन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न किन गए शितल निवास ?
२३ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ मन्त्रिपरिषद्को बैठक नै छाडेर राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन । प्रधानमन्त्री शितल निवास जानेभएपछि मन्त्रिपरिषद्को बैठक समेत स्थगित भएको एक मन्त्रीले बताए । उनका अनुसार सोमबार मुस्किलले एउटामात्र एजेण्डामा छलफल भएको छ । मन्त्रिपरिषद्को अर्को बैठक मंगलबार बिहान ७ बजेका लागि बोलाइएको छ ।

पछिल्लो तीन दिन यता नेपालको राजनीतिमा अदृश्यशक्तिको चलखेल बढेको छ। यही बीचमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक नै छाडेर राष्ट्रपति भेट्न जानुलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपी यो भेटलाइ नियमित भेटको रूपमा अर्थ्याइएको छ । यता पूर्व माओवादीका नेताहरूको समेत संयुक्त बैठक भएको बुझिएको छ। भारतबट आयत हुने तरकारी र फलफुलमा विषादी परीक्षण गर्ने र नगर्ने भन्ने निर्णयले पछिल्लो पटक सरकारको चर्को आलोचना भैरहेको छ ।
प्रकाशित मिति : 23:02









