३ जना सचिवहरुकाे गलत सुझावका कारण सरकारले विषादी परीक्षण नगर्ने निर्णय लियाेः मन्त्री यादव
२३ असार, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले ३ जना सचिवहरुकाे गलत सुझावका कारण सरकारले नेपालमा आयात हुने फलफूल तथा तरकारीकाे विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् । मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलनमार्फत गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको पनि बताए ।

मन्त्री यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको को दावी गर्दै साे निर्णयको जिम्मेवारी आफूले लिने पनि बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवका कारण सो निर्णयमा गल्ती हुन पुगेको स्पष्टीकरण दिइन् । सरकारले परीक्षणका लागि पूर्वाधार नभएको भन्दै आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।
प्रकाशित मिति : 17:29









