प्रस्तावित चार देशका राजदूतहरुको संसदीय सुनुवाई स्थगित
असार २३, काठमाडौँ । प्रस्तावित चार देशका राजदूतहरुको संसदीय सुनुवाई स्थगित भएकाे छ । राजदुतहरुको सुनुवाइका लागि सोमबार बिहान बोलाइएको समितिको बैठक केहीवेर बसेर स्थगित भएको हो । अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने छ ।

राजदूतहरुविरुद्ध दुईवटा उजुरी परेको र उजुरीकर्ता छलफलमा आउन नचाहेकाले समिति बैठकमा उजुरीउपर छलफल नगरिने समिति सभापति लक्ष्मणलाल कर्णले बताए । समितिले नाम अनुमोदन गरेपछि रुाजदुत नियुक्तिको बाटो खुल्नेछ ।
गत जेठ २३ गते सरकारले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव गरेको थियो ।
प्रकाशित मिति : 12:21









