६२ वर्षको उमेरमा तेस्रो पटक विवाह गर्दै कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
२३ असार, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६२ वर्षको उमेरमा तेस्रो पटक बिबाह गर्ने भएका छन । सुनसरीबाट निर्वाचित सांसद समेत रहेका कार्कीले काठमाडौंको थापाथलीमा भव्य कार्यक्रमसहित राणा थरकी अधबैसे युवतीसँग स्वयंवर गरिसकेका छन । कार्कीले उत्सवशम्शेर राणाकी नातिनीलाई तेस्रो पत्नी बनाउन लागेका हुन्

कार्कीले विवाह गर्न लागेकी युवतीको उमेर अन्दाजी ३६ वर्ष रहेको उनको पारिविर स्रोतले जनाएको छ । कार्कीकी पत्नीको एक वर्ष अगाडि अल्पायुमै निधन भएको थियो । कार्कीकी यसअघिकी पत्नी पनि राणा परिवारकै थिइन् । कार्कीका दुई वटी पत्नीको निधन भइसकेको छ । कांग्रेस नेता कार्कीको एक जना छोरी पनि छिन् ।
प्रकाशित मिति : 09:29









