६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीलाई सकारात्मक सोचको विकास तथा अंग्रेजी भाषा तालिम

२० असार, काठमाडाैँ ।  त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीलाई सकारात्मक सोचको विकास, शिष्‍ट व्यवहार तथा अंग्रेजी भाषाका विषयमा जानकारी दिइएको छ। विमानस्थलमा सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायतका प्रहरी कर्मचारीहरुलाई अनुक्षिक्षण तालिम दिइएकाे हाे ।

प्रहरी कर्मचारीहरुमा सकारात्मक सोचको विकास, सामान्यतया अंग्रेजी भाषाको ज्ञान भए यात्रुहरूकाे समस्या सजिलै समाधान हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रहरीको छवि उच्च राख्ने हेतुले प्रशिक्ष गरिएकाे  जनाइएकाे छ । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीलाई  उक्त अनुशिक्षण तालिमका प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरिक्षक सन्दिप भण्डारीले प्रहरी कर्मचारीहरुलाई ईमान्दार, अनुशासित, व्यवसायिक भई सिकेका कुराहरुलाई व्यवहारमा उतारी यात्रु मैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : 19:58