काठमाडाैँको नेपालटार नजिकै पसलभित्रै छिरेर गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु
२० असार, काठमाडौँ । काठमाडौँको नेपालटार नजिकै पसलभित्रै छिरेर गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर १० नेपालटार डाँडागाउँमा टाटा कम्पन्नीको बा १० ज ८१६९ हात्तीगाडीले पसलको सटरमै गएर ठक्कर दिएको हो । महानगरीय प्रहरी वृत बालाजुका डिएसपी बाल नरसिंह राणाका अनुसार तीब्र गतिमा आएको गाडीले सटरमा बसीरहेको एक जना महिला र एक जना बालकलाइ ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बालाजु प्रहरी वृतका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिए । उनका अनुसार मृतकहरूमा रामेछाप स्थायी घरभै डाँडागाउँ बस्ने ३६ महिनाका बालक मन्दिप श्रेष्ठ र सिन्धुली स्थायी घर भइ डाँडागाउँनै बस्दै आएकी वर्ष २२ की लक्ष्मी श्रेष्ठ रहेका छन ।
बालाजुका डिएसपी राणाका अनुसार लक्ष्मीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र बालकको पिपुल्स डेन्टल कलेज नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना पछि तीन् टुक्रा भएको गाडी र चालक दुबै प्रहरीले लगेको छ ।

( यसअघि प्रकाशित समाचारमा डिएसपी बाल नरसिंह राणा हुनुपर्नेमा अन्यथा हुन पुगेकाले सच्याइएकाे छ ।-सम्पादक)
प्रकाशित मिति : 19:22









