सन्तोसजनक काम नगरेका प्रदेश ५ का १७६ प्रहरी कारवाहीमा
२० असार, लमही । प्रदेश नं ५ का १७६ प्रहरी कारवाहीमा परेका छन् । प्रदेश नं– ५ प्रहरी कार्यालय दाङका अनुसार सबैभन्दा बढी प्रहरी जवान कारवाहीमा परेका छन् । प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार प्रहरी जवान ११६, प्रहरी हबलदार २५, प्रहरी सहायक निरीक्षक नौ र प्रहरी निरीक्षक सात जना कारवाहीमा परेका छन् । नौ जनालाई निलम्बन तथा सात जनालाई तलब स्केलमा घटुवा गरिएको छ ।

त्यस्तै नसिहदमा ९९, पदोन्नति रोक्का १३, तलबवृद्धि रोक्का १०, सेवाबाट हटाइएका १६, तल्लो टाइमस्केलमा घटुवा एक, सक्त चेतावनी १६ र चालचलन प्रतिकूल रहेका पाँच जना रहेका छन् । प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार प्रदेश प्रहरी कार्यालयबाट तीन, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट सात, प्रदेशको सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट एक र प्रदेशको दनिप्र गण सुनवल नवलपरासीबाट चार जना कारवाहीमा परेका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १५, अर्घाखाँचीबाट ११, कपिलबस्तुबाट २०, नवलपरासीबाट नौ, पाल्पाबाट चार, प्यूठानबाट दुई, बाँकेबाट ३२, रुकुमबाट दुई, बर्दियाबाट २८, दाङबाट ३०, रोल्पाबाट सात र गुल्मीबाट एक जना प्रहरी कारवाहीमा परेका छन् । प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार सन्तोसजनक काम नगरेको, आदेश नमानेको, अनुसासनहीन काम गरेकोजस्ता कारवाही गरिएको हो । रासस
प्रकाशित मिति : 18:48







