नेपाल प्रहरीका ६ एसपीको काज सरुवा, कसकाे सरुवा कहाँ ?
२० असार, काठमाडौँ । नेपाल प्रहरीका ६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो । ३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । गोरखामा ओम अधिकारी, महोत्तरीमा श्यामकृष्ण अधिकारी, र बाग्लुङमा नवराज भट्ट खटाइएका छन् ।

गोरखाका एसपी भोला रावल प्रदेश नं. ६ प्रहरी कार्यालय पठाइएका छन् । रावललले कार्यालयभित्रै मदिरा सेवन गरेर प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई गालीगलौज गरेपछि विवादमा तानिएका थिए । त्यस्तै, हाल महोत्तरीमा कार्यरत एसपी ईश्वर कार्की महानगरीय अपराध अनुसन्धान महाशाखामा पठाइएका छन् ।
बाग्लुङका एसपी कृष्णहरि शर्मालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार इकाइको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति : 17:46









